२८ पुस २०८२, सोमबार | January 12, 2026

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : २८ बजे

आज पनि बिहानैदेखि महाधिवेशन प्रतिनिधिको नाम दर्ता जारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष

कपिलवस्तुको वाणगंगाबाट पाँच जुवाडेसहित होटल सञ्चालक पक्राउ, २ लाख ५६ हजार नगद बरामद

बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट जुवा खेलिरहेका पाँच जना

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत । “शरीरको कुनै अंगमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”,

३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस बुटवलमा दीप प्रज्वलन र चियापानसहित मनाइयो

बुटवल । ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले स्वदेशमा नै विकसित