१३ भदौ २०८३, शनिबार | August 29, 2026

विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान १० बजेदेखि सुरु हुने



काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ । यसअघि बिहान ८ बजेदेखि बन्दसत्र हुने भनिए पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया बाँकी रहेको र खाजाको समय छुट्ट्याउनुपर्ने भएकाले कार्यक्रम दुई घण्टा ढिला गरी सुरु गर्न लागिएको हो ।

महाधिवेशन व्यवस्थापन उपसमिति अन्तर्गत प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि प्रतिनिधिहरूको दर्ता र खाजाको व्यवस्था गरिनेछ भने बिहान १० बजेदेखि औपचारिक रूपमा बन्दसत्र सञ्चालन हुनेछ ।

विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या हालसम्म २ हजार ६६२ पुगेको छ, जुन कूल महाधिवेशन प्रतिनिधिको ५६ दशमलव १२ प्रतिशत हो । असोज महिनामा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिएको थियो ।

आइतबार उद्घाटन सत्र सम्पन्न भएसँगै दर्ता प्रक्रिया बन्द गरिएको थियो । उद्घाटन सत्रपछि रात्रिभोजको कार्यक्रम भएकाले आइतबारका लागि दर्ता रोकिएको व्यवस्थापन समितिले जनाएको छ । तर, उद्घाटन सत्रका कारण धेरै प्रतिनिधिहरूले दर्ता गर्न नपाएकाले सोमबार बिहान पुनः दर्ता प्रक्रिया निरन्तरता दिइने पोखरेलले जानकारी दिए ।

बन्दसत्रमा पार्टीको वर्तमान अवस्था, संगठनात्मक संरचना, नेतृत्व र आगामी राजनीतिक कार्यदिशाबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ४१ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक