२८ पुस २०८२, सोमबार | January 12, 2026

आज पनि बिहानैदेखि महाधिवेशन प्रतिनिधिको नाम दर्ता जारी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि जारी छ । आइतबारदेखि सुरु भएको उक्त महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए ।

आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका ९काठमाडौँ, भक्तपुर र ललितपुर०बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका थिए ।

कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८ः३० बजेदेखि नै नाम दर्ता सुरु गरिएको जानकारी दिए । उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिएको बताए। उक्त नाम दर्ता बिहान ११ बजेसम्म सञ्चालन हुने संयोजक पाण्डेयले बताए । कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुँदैछ ।

बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण बन्दसत्र कार्यक्रम केही समयलाई लम्बिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ४१ बजे

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष

कांग्रेस विशेष महाधिवेशन : यस्तो छ गगन थापाको समसमायिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा नेपाली कांग्रेसका महामन्त्रीद्वय

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखाङ्कन स्वीकृत

तनहुँ । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको

नेपालगन्जमा निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

नेपालगन्ज । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला

पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : शेखर कोइराला

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर