२९ पुस २०८२, मंगलबार | January 13, 2026

विप्लव नेकपा माओवादीका केन्द्रीय प्रशिक्षक सुवेदी प्रचण्ड नेकपामा प्रवेश



काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी सो पार्टीका केन्द्रीय सदस्य तथा स्कुल बिभाग सदस्य प्रशिक्षक सन्तोष सुवेदी प्रयास नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई मंगलबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन लगायतले स्वागत गरेका छन्।

राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा सुवेदी ०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लव नेतृत्वको पार्टीमा रहेर काम गर्दै आएका थिए। सोही समुहबाट केही समय उनी रोल्पा इन्चार्ज समेत बनेका थिए ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवारी दिने घोषणा गरेका बेला सुबेदीले विप्लवको साथ छाडेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : १० बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

सावधान! चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन

कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको

नेकपा नेताहरुले खाए नैतिक आचरणयुक्त जीवन बिताउने शपथ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ