३० पुस २०८२, बुधबार | January 14, 2026

रवि विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णय



काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने विरुद्धका रवि विरुद्ध विभिन्न जिल्ला अदालतहरूमा दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने निर्णय गरेकी छिन् ।

महान्यायाधिवक्ता भण्डारीले रविले दिएको निवेदन अनुसार यी २ कसुरमा मुद्धा फिर्ता गर्ने निर्णय गरेकी हुन् । यससँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सास्थित सरकारी वकिल कार्यालयहरूले ती अभियोग फिर्ता प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।

लामिछानेका तर्फबाट असोजको पहिलो साता महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा मुद्दा फिर्ताका लागि निवेदन दर्ता गरिएको थियो। सो समय उनी सहकारीको रकम दुरुपयोगसम्बन्धी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेका थिए। पुस ३ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

२०८१ पुस ७ गते कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखी लामिछानेको सांसद पद निलम्बन गर्न आग्रह गरेको थियो, जसको आधारमा सभामुखले सूचना प्रकाशित गरी निलम्बनको जानकारी सार्वजनिक गरेका थिए। सो निर्णय सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ अनुसार स्वतः निलम्बनको प्रावधानमा आधारित रहेको बताइएको थियो।

हाल महान्यायाधिवक्ता कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ प्रयोजन गरेर लामिछानेविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको हो।

महान्यायाधिवक्ताको यो निर्णयसँगै अब रवि सांसद र मन्त्री बन्न पाउने भएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : ३९ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको