२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

झरीको प्रवाह नगरी बुटवलका मेयर नदी किनारका बस्तीको अवलोकनमा, खतरा महसुस भए स्थानान्तरणका लागि सूचना गर्न आग्रह



बुटवल । दुईदिनदेखि निरन्तर परेकाे बर्षाकाे कारण बढेकाे तिनाउकाे बहावकाे कारण कटानमा परेकाे रानिगन्ज क्षेत्र निरिक्षणकाे लागि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी पुगेका छन् ।

लगातारको झरिको प्रवाह नगरी प्रमुख सुवेदीले उपमहानगरपालिकाका प्राविधिक र सम्बन्धित वडाका अध्यक्षलाई साथमा लिएर नदि किनारका बस्तीको अवलोकन गरेका छन् । त्यसक्रममा उनले जोखिमपूर्ण अवस्थाका बस्तीको लगत संकलन भइरहेको र पूर्वतयारीका लागि योजना समेत बनाइएको बताए ।

जोखिमपूर्ण क्षेत्रकाे निरिक्षणका क्रममा प्रमुख सुवेदीले भने, “अहिले हामी वडा नम्बर १७ रानीगन्ज बस्तीकाे स्थलगत निरिक्षणमा छाै । पानीकाे वहावले नदी कटान गर्न शुरू गरेकाे छ । केही घरहरू उच्च जाेखिममा परेका छन् । ती घरहरू खाली गराउने र त्यहाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी भएकाे छ ।” सुरक्षाकर्मी परिचालन गर्ने, विपदकाे बन्दाेबस्तीका सामागी् व्यवस्थापन गर्ने, सामुदायिक भवनकाे व्यवस्थापन गर्नेलगायतका काम अगाडि बढेको प्रमुख सुवेदीले बताए ।

प्रमुख सुवेदिले स्थानियलाई भने , ” जाेजाे घर बस्ति उच्च जाेखिम तथा खतरामा छ ती घर बस्ति तत्काल अन्य ठाउँ स्थान्तरण हुन्छ । ”
रानिगन्जमा विगतदेखि नै दुई घर उच्च जाेखिममा रहेका थिए ।

फति घरमा दिउसाेकाे बाढिले क्षति पुराएकाे हाे । अन्य ८/१० घर जाेखिममा छन् । ती जाेखिममा रहेका घरहरु तत्काल सामुदायिक भवन स्थानान्तरण भईरहेकाे र विपदका सामग्रि पनि नगरले ल्याईरहेकाे छ ।

नदिकाे बहाव बढ्दै जादा बुटवल उपमहानगरपालिका वडा नं १७ रानिगञ्जमा रहेको प्रेमकुमारी खाम्चाको ४ कोठे घर नदिले बगाएको थियाे ।

प्रमुख सुवेदीले उपमहानगरपालिकाका प्राविधिक र वडा अध्यक्षसहित नदि किनारमा रहेका जोखिमपूर्ण बस्तीमा निरीक्षणका लागि पुगेका थिए । तिनाउ र दानव नदि किनारमा रहेको बस्ती बाढीको उच्च जोखिममा छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : ३६ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा