१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

प्रतिनिधिसभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो नाम उम्मेदवार सूचीबाट हटाउन आग्रह गरेका छन् ।

खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै पत्र पठाएर कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीबाट नाम हटाउन माग आग्रह गरेका हुन् ।

पत्रमा उनले आफ्नो अनुरोध केन्द्रीय कार्यालयको सम्बन्धित निकायसम्म जानकारी गराइदिन समेत आग्रह गरेका छन् ।

डा. खड्काले पत्रमा भनेका छन्, “नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य २०८२ का लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो नाम राखिएको हुँदा सो सूचीबाट मेरो नाम हटाइदिनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई जानकारी गराइदिनुहुन अनुरोध गर्दछु।”

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ५८ बजे

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५