१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

झापा-५ मा नेकपाका उम्मेदवार रञ्जित तामाङ



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नं. ५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा(५ मा तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङलाई शनिबार बिहान उम्मेदवारीको टिकट दिएका हुन् ।

झापा ५ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओलीले यस क्षेत्रबाट २०६४ को संविधानसभा निर्वाचनमा बाहेक सबै निर्वाचनमा जित्दै आएका छन् । यसपटक यही क्षेत्रबाट रास्वपाको तर्फबाट काठमाडौंका मेयर बालेन्द्र साह भिड्ने तयारी गरेका छन् । रास्वपाले प्रधानमन्त्रीमा प्रस्ताव गरेका साहले ओलीलाई हराउने एकसूत्रीय एजेण्डाका साथ ओलीसँग भिड्ने योजना बनाएका हुन् ।

रञ्जित तामाङ पूर्व माओवादीकेन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । तामाङले आफ्नो उम्मेदवारीबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । तामाङले फेसबुकमा लेखेका छन्, “नेपाली कम्युनिस्ट पार्टीका संयोजक श्रद्धेय नेता क। प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामनासहित चुनावी अनुमति प्रदान गर्नुभएको छ । नेतृत्वप्रति आभार व्यक्त गर्दै झापा क्षेत्र नम्बर ५ का आम मतदातालाई चुनाव चिह्न ‘तारा’ मा मतदान गरी जनसेवाको अवसर दिन विशेष अपिल गर्दछु।”

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : २३ बजे

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा