२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरु हुँदै, बैठक सिंहदरबारमा बस्ने



काठमाडौं । राष्ट्रियसभाको १९ औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय सिंहदरबार परिसरमा सञ्चालन गरिने तयारी गरिएको छ । राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । सो बैठकमार्फत अधिवेशनको प्रारम्भिक कार्यसूची तय गरिएको हो ।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको पत्र वाचन गर्ने कार्यक्रम छ । साथै, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरी मौनधारण गर्ने कार्यसूची पनि तय गरिएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । बैठक कक्ष, सुरक्षा, प्राविधिक तथा प्रशासनिक व्यवस्थापनलाई अन्तिम रूप दिइसकिएको उनले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन् । यसअघि राष्ट्रिय सभाको १८ औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचनको तयारी गरिरहेको छ । आयोगका अनुसार एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत अघि बढिरहेको र राष्ट्रिय सभामा पनि नयाँ सदस्य निर्वाचित भएर आउने अवस्थामा यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । आगामी दिनमा संसद्‌मा महत्त्वपूर्ण विधेयक, राजनीतिक घटनाक्रम र निर्वाचनसम्बन्धी विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ३५ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका