४ माघ २०८२, आइतबार | January 18, 2026

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार धरौटी

महिला, दलित, अल्पसंख्यक समुदायलाई छुट



काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन फरक फरक धरौटी रकम निर्धारण गरिएको छ । आमरुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएपनि निश्चित वर्गलाई भने फकर धरौटी रकम तोकीएको हो ।

निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गर्दै उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने उल्लेख गरेको छ।

आयोगले उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर समावेश गर्नु पर्ने जनाएको छ । महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रुपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने आयोगको सूचनामा उल्लेख छ । आयोगले महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुप्ले विपन्न उम्मेदवारको हकमा तोकिएको धरौटी रकममा ५० प्रतिशत छुट हुने जनाएको छ

आयोगका अनुसार आर्थिक रुपले विपन्न व्यक्तिले सम्बन्धित स्थानीय तहबाट सिफारिस ल्याउनुपर्नेछ। प्रतिनिधि सभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ५३ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२