५ माघ २०८२, सोमबार | January 19, 2026

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन ।

उनले सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै भनेका छन, “तामाङ समुदायको महान पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।” राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ५८ बजे

सुनचाँदीको मूल्यवृद्धिमा नयाँ कीर्तिमान, तोलाको दुईलाख ८२ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै

बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु

बाँके २ मा एमालेले मो. इश्तियाक राइलाई टिकट दिएपछि कार्यकर्ता आक्रोशित

नेपालगन्ज । एमाले नेतृ दीपा शर्माले नेकपा एमालेको केन्द्रले बाँके

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा हिमपात हुनसकेन

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि