३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बाँके २ मा एमालेले मो. इश्तियाक राइलाई टिकट दिएपछि कार्यकर्ता आक्रोशित

नेपाली कम्युनिष्ट पार्टीमा पनि असन्तुष्टी



नेपालगन्ज । एमाले नेतृ दीपा शर्माले नेकपा एमालेको केन्द्रले बाँके क्षेत्र नम्बर २ का लागि निर्णय गरेको उम्मेदवारलाई अस्वीकार गर्ने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत नेतृ शर्माले एमालेको इतिहासमा हामी कमजोर, कातर र अयोग्य भयको कुनै कालो टीका लगाउन स्विकार्न नसक्ने बताएकी हुन् । एमालेले जसपा नेता मोहम्मद इश्तियाक राइलाई एकाएक उम्मेदवार बनाएर पठाएपछि शर्माको यस्तो प्रतिक्रिया आएको हो ।

उनले एमाले बाँकेको सभाको फोटो पोष्ट गर्दै बाँके क्षेत्र नम्बर २ मा चुनावमा पार्टीको शीर उँचो बनाउन चुनावी मैदानमा प्रतिस्पर्धा गर्न एक से एक योग्य, सक्षम, साहासी र इतिहास बोकेका नेताहरु रहेको उल्लेख गरेकी छन् । ‘नेकपा एमाले नेपालगन्ज पार्टी कार्यलयमा रहेको यो विशाल पङ्ति अब्बल र योगदान गरेका नेता कार्यकर्ताहरुको हो,’ उनले लेखेकी छन्, ‘क्षेत्र नम्बर २ मा चुनावमा पार्टीको शीर उँचो बनाउन चुनावी मैदानमा प्रतिस्पर्धा गर्न एक से एक योग्य,सक्षम, साहासि र इतिहास बोकेका कमरेडहरु हुनुहुन्छ।’

नेतृ शर्माले बाँकेको संगठन एमाले पार्टीको लागि जीवनभरि रगत, पसिना बगायको स्वाभिमानी पङ्ति भएको जनाउँदै लेखेकी छन्, ‘बाँकेको एमाले पङ्ति बिक्ने होईन टिक्ने पङ्ति हो । चेतना भया ।’

एमाले अध्यक्ष ओलीले गयराती मध्यरातमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरू प्रदीप यादवसहित जसपा उपमहासचिव मोहम्मद इश्तिहाक राइलाई पार्टी प्रवेश गराएर टिकट वितरण गरेका थिए ।

उता नेपाली कम्युनिष्ट पार्टीको टिकट वितरणमा पनि बाँकेमा असन्तुष्टी देखिएको छ । जिल्लाले सिफारिस गरेको मध्यका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले टिकट नपाएपछि पार्टी परित्यागको घोषणा गरेका छन् । जनार्दन शर्माले पार्टी छाडेपछि शर्मा तिर लागेका धामीलाई नेकपा नेताहरुले बाँके २ बाट टिकट दिने आश्वासन दिएर फर्काएका थिए । अन्त्यमा टिकट दिपेन्द्र विष्टको नाममा आएपछि धामीले स्वतन्त्र बस्ने घोषणा गर्दै पार्टी परित्याग गरेका हुन् ।

एमाले बाँकेले क्षेत्र नम्बर २ का लागि कृष्णप्रसाद श्रेष्ठ, निरक गुरुङ र अछरी पोखरेलको नाम सिफारिस गरेको थियो भने नेकपाले टंक धामी, अक्कलबहादुर बम, सकिल जसगढ र दिपेन्दै विष्टको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ३२ बजे

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा