११ असार २०८३, बिहिबार | June 25, 2026

विविधतामै नेपालको राष्ट्रिय एकताको आधार रहेको छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय एकताको सबल आधार विविधता नै भएको बताएका छन् ।

२८६२औँ सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सोनाम ल्होछारलाई नयाँ वर्षको उत्सव मात्र नभई पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीकका रूपमा व्याख्या गरेका छन् । डुक ल्हो (सर्प वर्ष)लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष)को स्वागत गर्ने यो पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिने उनले उल्लेख गरेका छन् ।

तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन तथा सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको प्रचण्डको भनाइ छ । उनले यही विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार भएको स्पष्ट पारेका छन् ।

समाजमा अझै पनि सामाजिक न्याय, समानता, समावेशिता र उत्पीडित समुदायका अधिकारका लागि संघर्ष जारी रहेको उल्लेख गर्दै उनले सोनाम ल्होछारले सबैलाई विभेदविरुद्ध एकताबद्ध भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा थप दृढ बनाओस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ११ : ३० बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा