२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बालेनसँग भेटेपछि अब देश बन्छ भन्ने विश्वास जाग्यो : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाह (बालेन) सँगको भेटपछि आफूमा अब देश बन्छ भन्ने दृढ विश्वास पैदा भएको बताएका छन्।

रास्वपाले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले बालेनसँग भेट भएको पाँच मिनेटमै आफूहरू सँगै अघि बढ्न सक्ने निष्कर्षमा पुगेको बताए।

“बालेनसँग भेट भएको पाँच मिनेटमै हामी सँगै हिँड्न सक्छौँ भन्ने थाहा भयो। वार्ता त पाँच मिनेटमै सकिएको हो, बाँकी समय एकअर्कालाई चिन्नमै बित्यो,” उनले भने, “त्यही दिन मलाई विश्वास भयो, बालेनले देश बनाउँछ।”

लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब डर नरहेको स्पष्ट पारे। देशले बालेनजस्तो नेतृत्व पाइसकेकाले आफू जेल जानुपरे पनि फरक नपर्ने उनको भनाइ थियो।

“कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चाको टाउको र छाती ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्‍याउन सक्छ। तर मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ,” लामिछानेले भने।

उनले मधेसले उन्नत बिउ रोपेको भए पनि अहिलेको अवस्था ‘हिलोमा परेको बिउ’ जस्तै बनेको टिप्पणी गरे। मधेसले आफ्नो सपना आफैं खोसेर लिने समय आएको भन्दै उनले परिवर्तनका लागि मधेस निर्णायक बन्ने दाबी गरे।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : २६ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा