५ माघ २०८२, सोमबार | January 19, 2026

बालेनसँग भेटेपछि अब देश बन्छ भन्ने विश्वास जाग्यो : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाह (बालेन) सँगको भेटपछि आफूमा अब देश बन्छ भन्ने दृढ विश्वास पैदा भएको बताएका छन्।

रास्वपाले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले बालेनसँग भेट भएको पाँच मिनेटमै आफूहरू सँगै अघि बढ्न सक्ने निष्कर्षमा पुगेको बताए।

“बालेनसँग भेट भएको पाँच मिनेटमै हामी सँगै हिँड्न सक्छौँ भन्ने थाहा भयो। वार्ता त पाँच मिनेटमै सकिएको हो, बाँकी समय एकअर्कालाई चिन्नमै बित्यो,” उनले भने, “त्यही दिन मलाई विश्वास भयो, बालेनले देश बनाउँछ।”

लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब डर नरहेको स्पष्ट पारे। देशले बालेनजस्तो नेतृत्व पाइसकेकाले आफू जेल जानुपरे पनि फरक नपर्ने उनको भनाइ थियो।

“कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चाको टाउको र छाती ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्‍याउन सक्छ। तर मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ,” लामिछानेले भने।

उनले मधेसले उन्नत बिउ रोपेको भए पनि अहिलेको अवस्था ‘हिलोमा परेको बिउ’ जस्तै बनेको टिप्पणी गरे। मधेसले आफ्नो सपना आफैं खोसेर लिने समय आएको भन्दै उनले परिवर्तनका लागि मधेस निर्णायक बन्ने दाबी गरे।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : २६ बजे

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा