६ माघ २०८२, मंगलबार | January 20, 2026

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा



काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै पुनले शिक्षामन्त्री पदबाट राजीनामा दिएको बताएका हुन् ।

खनालका अनुसार पुनले आफू संलग्न रहेको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउन राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि, उक्त अभियानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

शिक्षामन्त्री पुनको राजीनामालाई प्रधानमन्त्रीको सचिवालयले पनि पुष्टि गरेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले शिक्षामन्त्री पुनको राजीनामा प्राप्त भएको जानकारी दिए पनि राजीनामाको कारणबारे थप खुलाउन चाहेनन् ।

राजीनामासँगै शिक्षा मन्त्रालयको नेतृत्व रिक्त भएको छ । अब नयाँ शिक्षामन्त्री को बन्छन् भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : ०५ बजे

कांग्रेस छाडेर एमाले प्रवेश गरे प्रमोद कुमार यादव, रुपन्देही-४ बाट उम्मेदवार बन्ने

बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले)

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ