११ भदौ २०८३, बिहिबार | August 27, 2026

आइतबारसम्म शिक्षकलाई तलब नदिने विद्यालयलाई कारबाही : शिक्षामन्त्री पुन



काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आइतबारसम्म शिक्षकलाई तलब नदिने विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दशैं–तिहारको अवसरमा शिक्षकहरुले तलब नपाएको गुनासो बढेर आएको भन्दै शिक्षा मन्त्रालयले पहिले नै तलब विद्यालयमा पठाइसकेको स्पष्ट पारेका छन् ।

“भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकासा नगरेमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ,” मन्त्री पुनले भनेका छन् ।

शिक्षामन्त्री पुनले शिक्षकको तलब रोक्नु अन्यायपूर्ण भएको भन्दै यसप्रति गम्भीर ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ३७ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक