११ असार २०८३, बिहिबार | June 26, 2026

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा



काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै पुनले शिक्षामन्त्री पदबाट राजीनामा दिएको बताएका हुन् ।

खनालका अनुसार पुनले आफू संलग्न रहेको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउन राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि, उक्त अभियानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

शिक्षामन्त्री पुनको राजीनामालाई प्रधानमन्त्रीको सचिवालयले पनि पुष्टि गरेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले शिक्षामन्त्री पुनको राजीनामा प्राप्त भएको जानकारी दिए पनि राजीनामाको कारणबारे थप खुलाउन चाहेनन् ।

राजीनामासँगै शिक्षा मन्त्रालयको नेतृत्व रिक्त भएको छ । अब नयाँ शिक्षामन्त्री को बन्छन् भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : ०५ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा