काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो ।
यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कूल तीन हजार ४८६ उम्मेदवारीमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् । दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।


















प्रतिक्रिया