१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गगन थापा केन्द्रीय कार्यालय प्रवेश गर्दै



काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलो पटक कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा सानेपा प्रवेश गर्ने भएका छन् । कांग्रेसको नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्नेगरि आह्वान गर्दै सभापति थापा पार्टी कार्यालय प्रवेश गर्ने भएका हुन् ।

गत पुस २७–३० मा काठमाडौँको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक यसअघि अन्यत्र हुँदै आएपनि शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो।

नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने माघ २ गते निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो।

बैठकका लागि अहिले पदाधिकारीका कार्यकक्ष तयार पार्ने तथा कार्यालय सफाइ गर्ने काम भइरहेको जनाइएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले घोषणापत्र लेखन र चुनावी परिचालनलगायत विषयमा निर्णय गर्ने छ ।

साथै बैठकले निर्वाचन तयारीका लागि उपसमिति बनाउने र सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने निर्णय गरिने बताइएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्दै दायर गरेको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सभापति थापा सानेपाबाटै पार्टी सञ्चालनको तयारीमा जुटेका हुन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १२ : २७ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका