२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सभापति निर्वाचित भएपछि कांग्रेस केन्द्रीय कार्यालयमा सभापति थापाको पहिलो प्रवेश



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय प्रवेश गरेका छन् । केन्द्रीय कार्यालयमा पदभारसहित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेर सभापति थापा पार्टी कार्यालय प्रवेश गरेका हुन् ।

उनलाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए ।

विशेष महाधिवेशनबाट सभापति चुनिएपछि पनि देउवा समुहले केही दिन केन्द्रीय कार्यालष् कब्जा गर्दै निर्वाचित केन्द्रीय समितिका पदाधिकारीलाई केन्द्रीय कार्यालय प्रवेश गर्न दिएका थिएनन् । देउवा समुहका युवाहरु पार्टी कार्यालय मै रात बिताएर गगन थापालाई कार्यालय प्रवेशमा अवरोध गरेका थिए । निर्वाचित केन्द्रीय कार्यसमितिको २ वटा बैठक कार्यालय बाहिर अन्यत्र बसेको थियो ।

सभापति सहित निर्वाचित टिम केन्द्रीय कार्यालय आउने भएपछि पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

बैठक लगत्तै सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।

 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ०० बजे

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच