२८ असार २०८३, आइतबार | July 12, 2026

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

'कांग्रेस बदल्यौं, अब देश बदल्छौं'



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा केही कमजोरी भएको स्वीकार गर्दै आगामी निर्वाचनदेखि यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका छन् । उम्मेदवार छनोट प्रक्रिया र मनोनयन दर्ता गर्नुपर्ने समयसीमाका कारण दबाब सिर्जना भएको भन्दै उनले छनोट प्रक्रियामा कमजोरी देखिएको बताए । उक्त कमजोरीको जिम्मेवारी आफूले लिने पनि उनले स्पष्ट पारे । थापाले आगामी दिनमा तल्लो तहबाटै मतदानमार्फत उम्मेदवार चयन गर्ने व्यवस्था लागू गरिने बताए।

आफूहरूले बदलेको भन्दै थापाले अब कांग्रेसले देश बदल्ने संकल्प गर्ने बताए । उनले विगतमा कांग्रेस भएर रुख चिन्हमा मात्र मत माग्नुपरेको अवस्था रहेको उल्लेख गर्दै उनले यसपटक १६५ वटै निर्वाचन क्षेत्रमा रुख चिन्हमै मतदान गर्न पाउने अवस्था बनेको बताए । अब परिस्थिति कांग्रेसका पक्षमा अनुकूल बनेको पनि उनले दाबी गरे ।

 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ४८ बजे

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी