२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एकपटक प्रयोग भएर पुनः बिक्रिका लागि राखिएका ३ लाख बढी कण्डम भियतनाम प्रहरीबाट बरामद



एकपटक प्रयोग कण्डम डिस्पोज गर्नुपर्ने हो नि ! तर, भियतनाममा यस्तो गिरोह छ, जसले एकपटक प्रयाग भैसकेका कण्डम संकलन गरेर गैरकानुनी बिक्रि गर्ने धन्दा गर्छ ।

भियतनाम प्रहरीले प्रयोग भैसकेका तर पुनः बिक्रिमा राखिएका ठूलो परिणाममा कण्डम हालसालै बरामद गरेको छ ।

सर्वसाधारण ग्राहकलाई वेच्न राखिएका झण्डै ३ लाख २० हजार त्यस्ता कण्डम प्रहरीले बरामद गरेको भियतनामका सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण भियतानमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला प्रहरीले ती कण्डम फेला परेको हो । प्रहरीले सो गोदामको मालिक भनिएकी एक महिलालाई पनि पक्राउ गरेको छ ।

भियतनाम प्रहरीका अनुसार प्रयोगमा आइसकेका ती कण्डमलाई पखालेर लिङ्ग आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको थियो । त्यस्ता कण्डमलाई पुनः प्याकिङ गरेर बजारमा वेच्ने गरिएको बताइएको छ ।

पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो १७ अमेरिकी सेन्टमा आफुले किन्ने गरेको बताएको भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीले जनाएको छ ।

अहिलेसम्म त्यस्ता कण्डम कति परिणाममा बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन। -एजेन्सी

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : २२ बजे

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले