९ भदौ २०८३, मंगलबार | August 25, 2026

‘स्वस्थ्य मानिसलाई जीवित कोरोना भाइरस दिइने !’, के गर्न खोज्दैछ वेलायतले ?



यतिबेला कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त छ । झण्डै १० लाख मानिस भाइरसको संक्रमणबाट मरेका छन् । २ करोड भन्दा बढी संक्रमित भएका छन् ।

स्पेनिश फ्लुपछि विश्वलाई नै अस्तव्यस्त बनाएको यो महामारीलाई नियन्त्रण गर्न विश्वका ठूला मुलुकहरु खोप निर्माणका लागि लागि परेका छन् । सयौं वैज्ञानिकहरु दिन रात नभनि खोप विकासका लागि प्रयत्नशील छन् । अर्बौ डलर खर्चिएको छ खोप निर्माणका लागि ।

शक्ति राष्ट्रहरु कसले पहिला खोप बजारमा ल्याउने भनेर प्रतिस्पर्धा समेत गररहेका छन् ।  चीन, बेलायत, अमेरिका, रुस लगायतका देशका कैयौं कम्पनीहरु संलग्न यो विश्वव्यापी अभियानले कहिले मूर्त रुप लिन्छ बाँकी विश्व त्यसैको प्रतिक्षामा रहेको छ ।

कोरोनाभाइरसविरुद्ध खोप विकास गर्नका लागि विश्वभरि तीव्र गतिमा काम भइरहेको छ। कैयौं कम्पनीहरु अहिले खोपको तेस्रो क्लिनिकल चरणमा पुगेका छन् । हालसम्म ३६ वटा खोपहरू क्लिनिकल परीक्षणको चरणमा रहेका छन् ।

हजारौं स्वयंसेवकलाई दिइने यो खोप अभियान सफल भए लाइसेन्स प्राप्त गरी व्यवसायिक उत्पादनका लागि खोप कम्पनीहरुलाई बाटो खुल्नेछ ।

त्यसमध्ये एक अक्सफर्ड विश्वविद्यालयले तयार पारेको खोप पनि परीक्षणको अन्तिम चरणनजिक पुगेको छ । खोप सफल भएमा भाइरसविरुद्ध सुरक्षा प्रदान गर्नेछ।

खोप परीक्षणकै क्रममा वेलायतमा ‘च्यालेन्ज ट्रायल’ सुरु गर्ने तयारी पनि भएको छ । यो ‘च्यालेन्ज ट्रायल’मा खोप परीक्षण गर्नका लागि कैयौं स्वस्थ्य मानिसलाई कोरोनाको जीवित भाइरस दिन लागिएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार ती स्वयंसेवकहरुलाई जानजान कोरोना संक्रमित बनाएर सम्भावित खोपको प्रभावकारिताको जाँच हुनेछ । यसअर्थमा, स्वस्थ्य मानिसलाई कोरोना संक्रमित बनाउने पहिलो मुलुक बेलायत बन्नेभएको छ ।

वेलायत सरकारले हुयुमन ‘ह्यूमन च्यालेन्ज स्टडीज’ मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।

वेलायतमा अक्साफोर्ड विश्वविद्यालयको नेतृत्वमा कोरोना विरुद्धको खोप निर्माणको काम अघि बढिरहेको छ । यद्यपी, यसबारे कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीले जनाएको छ ।
यस्तो परीक्षणका लागि स्वयंसेवक बन्न केही वेलायती युवा तयार देखिएका छन् । ती मध्ये १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर–उरक्युहार्ट पनि हुन् ।
उनले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भनेका छन्, ‘मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ। यो कुरा मलाई अर्थपूर्ण लाग्यो।’

अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले पनि त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोगको वास्तविकता बुझ्ने क्षमता रहेको जनाएका छन् ।

उनले भनेका छन्, ‘हामीलाई थाहा छ कि स्वस्थ युवामा खतरा अत्यन्तै कम छ।’

उनी थप भन्छन्, ‘हामीसँग अहिले केही त्यस्ता उपचार विधि छन् जसबाट फाइदा पुगेको छ। त्यसकारण परीक्षणमा सहभागी कसैमा समस्या देखियो भने उनीहरूलाई प्रारम्भिक चरणमै औषधि दिन सकिन्छ र रोग नियन्त्रण गर्न सकिन्छ।’

यस्ता परीक्षणमा स्वयंसेवकहरूलाई नजिकबाट नियालिने र उनीहरूले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरक्षा प्रणालीको अनुगमन गरिने प्राध्यापक होर्बी बताउँछन् ।

एक सरकारी प्रवक्ताले पनि त्यस्तो परीक्षणबारे छलफल भइरहेको जानकारी दिएका छन् ।

कोरोना विरुद्धको खोप उपलब्ध हुन थालेपछि लकडाउन र सामाजिक दूरी जस्ता विषयलाई बिस्तारै खुकुलो बन्दै जानेछन् । तर, विश्वका शक्तिशाली मुलुकहरुले बनाएका यी खोप गरीब मुलुकहरुले सहजै प्राप्त गर्न सक्ने हुन या हैनन्, अझै पनि आशंका कायमै छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै मानिसको पहुँचमा खोप पुर्याउनका लागि आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १२ : ०९ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३