बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूले आ-आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यतर्फ महिला ३० र पुरुष ४८ गरी कुल ७८ मत खसेको छ । यस्तै, स्थानीय तह सदस्यतर्फ महिला ८५ र पुरुष १२३ गरी जम्मा २०८ मत खसेको छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिबाट खसेको मत जोड्दा लुम्बिनी प्रदेशमा कुल २८६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्धारित कार्यतालिका अनुसार शान्तिपूर्ण र सुव्यवस्थित रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान अवधिभर कुनै अप्रिय घटना नघटेको र सुरक्षा व्यवस्था कडा पारिएको पनि जनाइएको छ ।
मतदानपछि मतगणनाको तयारी थालिएको छ भने तोकिएको समयअनुसार मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ । राष्ट्रिय सभाका लागि निर्वाचित हुने सदस्यले संघीय संसद्को माथिल्लो सदनमा प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

















प्रतिक्रिया