२७ भदौ २०८३, शनिबार | September 12, 2026

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका थापा तथा एमालेका पोर्तेल र मेचे विजयी



विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा तथा नेकपा (एमाले)का सोम पोर्तेल र रोशनी मेचे विजयी भएका छन् ।

तीन पदका लागि सम्पन्न निर्वाचनमध्ये कांग्रेसका उम्मेदवार थापा यसअघि नै निर्वाचित भइसकेका थिए भने बाँकी दुई पदका लागि आइतबार भएको मतदानबाट एमालेका पोर्तेल र मेचे विजयी भएका हुन् । निर्वाचनमा नेकपा (कम्युनिस्ट पार्टी)का उम्मेदवार खेम सुन्दास र नमिता न्यौपाने पराजित भएका छन् ।

विजयी सुनीलबहादुर थापा पूर्वमन्त्रीसमेत हुन् । उनी संविधानसभा निर्वाचन २०७० मा धनकुटा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित भएका थिए । राजनीतिक अनुभव र संसदीय अभ्यासका कारण थापा राष्ट्रिय राजनीतिमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन् ।

एमालेका तर्फबाट दलित कोटामा उम्मेदवार बनेका सोम पोर्तेल झापा जिल्लाका हुन् । उनले यसअघि झापा जिल्ला समन्वय समितिमा पाँच वर्ष कार्य अनुभव हासिल गरेका छन् । स्थानीय तहमा लामो समय काम गरेको अनुभवका कारण पोर्तेलको उम्मेदवारीलाई एमालेले प्राथमिकताका साथ अघि सारेको थियो ।

अल्पसंख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनी मेचे पनि झापा जिल्लाकै स्थायी बासिन्दा हुन् । उनी यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा कार्यरत थिइन् । मेचे ७ हजार १७३ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख/अध्यक्ष र उपाध्यक्ष ले मतदान गरेका थिए । यस निर्वाचनमा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन बनेको थियो ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ०८ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ