१९ असार २०८३, शुक्रबार | July 3, 2026

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो



वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ । गत आवको ६ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो ।

जबकी गत आवको ६ महिनामा तीन खर्ब ८० अर्ब ६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।

चालु आवको ६ महिनामा ९० अर्ब ६ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब तीन करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् ।

चालु आवको ६ महिनामा ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपूर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : ५९ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई