२८ असार २०८३, आइतबार | July 12, 2026

उत्तेजनाको राजनीतिमा मैले विश्वास गर्दिन : गगन थापा

"मधेस–पहाड जोड्ने चाहनाले सर्लाही–४ बाट उम्मेदवारी दिएँ"



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेको बताएका छन्।

सर्लाही प्रस्थान गर्नुअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा सभापति थापाले देशलाई जोड्ने चाहनाले आफू मधेस जाँदै गरेको स्पष्ट पारे। “म मधेस जाँदैछु, किनकि म देश जोड्न चाहन्छु। काठमाडौंका कथाहरू मधेसमा सुनाउन र मधेसका कथा, व्यथा र पीडाहरू बुझेर काठमाडौं ल्याउन चाहन्छु,” उनले भने।

थापाले मधेससँगको सम्बन्ध औपचारिकतामा मात्रै सीमित हुनु नहुने उल्लेख गर्दै आपसी समझदारी र सम्मानबाट मात्रै सुदृढ राष्ट्रिय एकता सम्भव हुने धारणा राखे। सबैको सम्मान सुरक्षित हुँदा मात्रै नेपालीहरूको सामूहिक सम्मान कायम रहने विश्वास आफूमा रहेको उनले बताए।

‘म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ, तर अधिकार सुनिश्चित नभएसम्म सबैका बीचमा एकता सम्भव हुन्छ भन्ने कुरामा पनि म विश्वास राख्दिनँ,’ उनले भने।

मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका वास्तविक मुद्दा र समस्याहरू बुझ्न सके समग्र नेपालको समस्या समाधानमा योगदान पुग्ने विश्वास रहेको सभापति थापाको भनाइ छ।

पहाडबाट झरेको परिवार पृष्ठभूमि र काठमाडौंमै हुर्किएको जीवनयात्राका कारण मधेससँग चुनावी उम्मेदवारीमार्फत अझ नजिकिन चाहेको उनले बताए। मधेसका आवाज काठमाडौंमा र काठमाडौंका सन्देश मधेसमा पुर्‍याउने आफ्नो उद्देश्य रहेको पनि उनले स्पष्ट पारे।

यस क्रममा उनले काठमाडौं–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै तीनपटक निर्वाचित गरिदिएकोमा धन्यवाद दिए। “एउटा परिवारजस्तै माया सधैं पाएँ। जीवनका महत्वपूर्ण चरणहरू त्यही क्षेत्रमा बिते,” उनले भने।

सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन नगर्नुपर्ने सुझावहरू धेरै आएको स्वीकार गर्दै पनि उनले राष्ट्रिय एकता र अधिकारको सुनिश्चितताका आधारमा आफूले यो निर्णय लिएको स्पष्ट पारे।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ०७ बजे

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको