काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरुको टोली सर्वोच्च अदालतमा ‘डेलिगेसन’का लागि जाने भएका छन् ।
सांसदहरुको डेलिगेसन भोलि माघ १५ गते बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जाने कार्यक्रम रहेको कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते संसद् विघटन गरेका थिए। त्यससँगै सरकारको सिफारिसमा आगामी फागुन २१ गते निर्वाचन तोकिएको थियो।
त्यसका विरुद्ध गत मंसिर २३ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक घिमिरेको नेतृत्वका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत रिट दायर गरेका थिए। अहिलेसम्म त्यसको सुनुवाई नभएपछि डेलिगेसन लिएर बिहीबार सर्वोच्च अदालत जान लागेको घिमिरेले बताए।

















प्रतिक्रिया