२३ बैशाख २०८३, बुधबार | May 6, 2026

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ



काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको छ । रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना, नगद तथा अन्य बहुमूल्य सामग्री लुट्ने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार पछिल्ला दिनहरूमा मुलपानी आसपासका क्षेत्रमा रातिको समयमा लुटपाटका घटना बढेपछि विशेष निगरानी तथा अपरेसन सञ्चालन गरिएको थियो । सोही क्रममा गएराति प्रहरीले लुटपाटमा संलग्न १० जनालाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा आरोपितहरूले भाग्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको डीएसपी बुढाथोकीले जानकारी दिए । यद्यपि, घटनामा कसैलाई गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूले रातिको समयमा एक्लै हिँडिरहेका व्यक्तिलाई पछ्याएर डरत्रास देखाई गहना, नगद तथा अन्य सामग्री लुट्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूबाट केही शंकास्पद सामग्री समेत बरामद गरेको जनाएको छ ।

प्रहरीले उक्त समूहबाट पीडित भएका व्यक्ति भए सम्पर्कमा आउन आग्रह गरेको छ । साथै, घटनासँग सम्बन्धित थप विवरण र अनुसन्धानको निष्कर्ष पछि सार्वजनिक गरिने जनाएको छ ।

प्रहरी प्रशासनले काठमाडौं उपत्यकामा रात्रीकालीन सुरक्षा सतर्कता बढाइएको र यस्ता आपराधिक गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १० : ४१ बजे

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको