नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–७ घर भएका ३० वर्षीय अंगतराम अहिर रहेका छन् । उनलाई बैजनाथ गाउँपालिका–६ एच गाउँबाट प्रहरीले पक्राउ गरेको हो
किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले अहिरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि पक्राउ परेका अहिरसँग घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

















प्रतिक्रिया