१० श्रावण २०८३, आइतबार | July 27, 2026

बुटवलमा यो वर्ष कै ठुलो वर्षा, धेरै स्थानमा डुबानको खबर, तिनाउ नदीले खतराको सहत पार ग-यो



बुटवल । बुटवलमा शुक्रबार राती ८ः३० बजेबाट सुरु भएको भीषण वर्षा राती ११ः५५ बजे यो समाचार लेख्दा सम्म रोकिएको छैन । अविरल परिरहेको पानीका कारण कारण तिनाउ नदीमा जल सतह खतराको रेखा भन्दा माथि पुगेको छ ।

तिनाउ नदीमा ५।६ मिटरसम्म खतराको तह पार गरेको मानिने गरेकोमा राती १० बजे मापन गरिएको जलसतहको लेबल ६।५९२ मिटरसम्म पुगेको छ । यो मापनले चिनाउले खतराको चिन्ह पार गरेर अगाडी बढेको देखाएको छ । बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा खतराको तह पार गरेको जनाएको छ।

लगातार परेको वर्षाले बुटवल उपमहानगर क्षेत्रका सडकहरुमा पनि ठूलो भेल बगेको स्थानीयबासीले बताएका छन् । उनीहरुले आ आफ्नो घर अगाडी ठूलो भेल बगेको सामाजिक सञ्जालमा पोष्ट गर्दै तिनाउको मुहान रहेको पाल्पा क्षेत्रमा वर्षा नभईदिए हुन्थ्यो भनेर कामना गरेका छन् । नयाँगाँउको धेरै घरहरुमा घर भित्रै पानी पसेको खबर प्राप्त भएको छ ।

देवदह नगरपालिकाका प्रमुख हिरा केसीले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् भने तिलोत्तमाकी समाजिक अभियन्ता देवी वाग्लेले प्रकृतिको यो रुपले डर लाग्न लायो, अनिष्ट सुन्न नपरोस भनेर स्टाटस पोस्ट गरेकी छिन् । लोक गायक डिल्लीनारायण पाण्डेले यती ठूलो पानीको अनुभव पहिलो पटक लिएको बताएका छन् ।

नयाँगाँउको धेरै घरहरुमा घर भित्रै पानी पसेको खबर प्राप्त भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ११ : ५९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले