१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवलमा यो वर्ष कै ठुलो वर्षा, धेरै स्थानमा डुबानको खबर, तिनाउ नदीले खतराको सहत पार ग-यो



बुटवल । बुटवलमा शुक्रबार राती ८ः३० बजेबाट सुरु भएको भीषण वर्षा राती ११ः५५ बजे यो समाचार लेख्दा सम्म रोकिएको छैन । अविरल परिरहेको पानीका कारण कारण तिनाउ नदीमा जल सतह खतराको रेखा भन्दा माथि पुगेको छ ।

तिनाउ नदीमा ५।६ मिटरसम्म खतराको तह पार गरेको मानिने गरेकोमा राती १० बजे मापन गरिएको जलसतहको लेबल ६।५९२ मिटरसम्म पुगेको छ । यो मापनले चिनाउले खतराको चिन्ह पार गरेर अगाडी बढेको देखाएको छ । बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा खतराको तह पार गरेको जनाएको छ।

लगातार परेको वर्षाले बुटवल उपमहानगर क्षेत्रका सडकहरुमा पनि ठूलो भेल बगेको स्थानीयबासीले बताएका छन् । उनीहरुले आ आफ्नो घर अगाडी ठूलो भेल बगेको सामाजिक सञ्जालमा पोष्ट गर्दै तिनाउको मुहान रहेको पाल्पा क्षेत्रमा वर्षा नभईदिए हुन्थ्यो भनेर कामना गरेका छन् । नयाँगाँउको धेरै घरहरुमा घर भित्रै पानी पसेको खबर प्राप्त भएको छ ।

देवदह नगरपालिकाका प्रमुख हिरा केसीले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् भने तिलोत्तमाकी समाजिक अभियन्ता देवी वाग्लेले प्रकृतिको यो रुपले डर लाग्न लायो, अनिष्ट सुन्न नपरोस भनेर स्टाटस पोस्ट गरेकी छिन् । लोक गायक डिल्लीनारायण पाण्डेले यती ठूलो पानीको अनुभव पहिलो पटक लिएको बताएका छन् ।

नयाँगाँउको धेरै घरहरुमा घर भित्रै पानी पसेको खबर प्राप्त भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ११ : ५९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्