१८ माघ २०८२, आइतबार | February 1, 2026

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनयता निरन्तर उतार-चढाव देखिएको सुनको मूल्य आज ठूलो मात्रामा घटेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला सात हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य घटबढ, डलरको विनिमय दर र माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्य प्रभावित भएको व्यवसायीहरू बताउँछन् । मूल्यमा आएको गिरावटपछि सुनचाँदी खरिद गर्न उपभोक्ताको चासो बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १० : ५७ बजे

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी