२१ माघ २०८२, बुधबार | February 4, 2026

रातभरको मुसलधारे वर्षाले बुटवल आसपासको विभिन्न स्थानमा क्षती; पाल्पा सडक अवरुद्ध, केहि घर बाढीले बगायो



बुटवल । गएराति झण्डै ५ घण्टा आएको मुसलधारे वर्षाले रुपन्देहीका बिभिन्न स्थानहरुमा केहि घर बगाएको छ भने बुटवल पाल्पा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

रुपन्देही प्रहरीले दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालिकामा ४ वटा घर बाढीले बगाएको छ । चौरङ्गे खोलामा आएको बाढीले देवदह १० का रामबहादुर श्रेष्ठको १ तले घर बगाएको छ भने उनको २ बाख्रा, ४ कुखुरा लगायतको धनमान बगाएको छ ।

तिलोत्तमाको मौवाबारीमा सुकौरा खोलामा आएको बाढीले ३ वटा कच्ची घर बगाएको छ । तिलोत्तमा–९ का धनबहादुर सार्की, रघुवीर दमाई तथा नेमबहादुर रुचालको कच्ची घर बगाएको छ । तिलोत्तमा ८ को सत्कुलो नहरको पानीको बहाव बढेर घर भत्काएको प्रहरीले जनाएको छ ।

यता, बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा पनि सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, केहि बाख्राको खोर र केहि सवारी साधन बगाएको स्थानीयबासीले बताएका छन् ।

मध्यरातिबाट बिहानसम्म प्रहरीहरु उद्दारमा खटिएका कारण घटनाको सम्पूर्ण बिवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरकै रानीगञ्ज क्षेत्रमा तिनाउ नदीले कटान गरेर क्षती पु¥याएको खबर प्राप्त भएको छ ।

अविरल वर्षाकै कारण बुटवल पाल्पा खण्डको आधा दर्जन बढी स्थानमा पहिरो खसेको ट्राफिक प्रहरीले जनाएको छ । तिनाउ गाँउपालिकाको चरचरे, पावरहाउस, पानीमिल सहित गौडेको पुल नजिकै पहिरो खसेर सडक पूर्ण अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा भने एकतर्फी सडक सुचारु रहेको छ ।

बुटवल क्षेत्रमा गयरातिआएको वर्षा विगत केहि वर्ष देखिकै ठुलो वर्षा भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ७ : ४९ बजे

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र

आज विश्व क्यान्सर दिवस

काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै