२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका रूपमा मात्र होइन, वर्तमानका सक्रिय ‘पार्टनर्स’ बनाएर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्।

बुधबार भिडियो सन्देशमार्फत उनले विगतका कमजोरीहरूको समीक्षा गर्दै कांग्रेस अब पुरानो ढर्राबाट बाहिर निस्केर बदलिएको पार्टी बनेको दाबी गरेका छन्।

कांग्रेस रूपान्तरण सजिलो नभएको स्वीकार गर्दै थापाले भने, “यो सहज थिएन, तर गर्नैपर्ने थियो। हामी अहिले कांग्रेसलाई बदलेर आएका छौँ।” उनका अनुसार कांग्रेसमा आएको परिवर्तन अनुहार वा नेतृत्व परिवर्तनमा मात्र सीमित छैन, सोच, शैली र प्राथमिकतामै परिवर्तन आएको छ।

“यो पुरानो कांग्रेस होइन, नयाँ र बदलिएको कांग्रेस हो,” उनले भने, “बदलिएको भन्नुको अर्थ एउटा व्यक्तिको अनुहार फेरिनु मात्रै होइन।”

थापाले पार्टी सरकार बाहिर बस्न तयार हुने तर गठबन्धन नगर्ने स्पष्ट घोषणा समेत गरे। साथै, नवयुवा पुस्ता अर्थात् जेनजीका मुद्दाअनुसार आफूलाई रूपान्तरण गर्ने पहिलो पार्टी कांग्रेस भएको दाबी गर्दै, त्यसको कार्यान्वयनका लागि सरकारमा जाने जनादेश प्राप्त हुने अपेक्षा व्यक्त गरे।

“जेनजीको आह्वानका आधारमा कांग्रेस बदलिएको छ,” उनले भने, “अब तपाईंहरूको विश्वास र साथले बदलिएको कांग्रेसले देश बदल्नेछ। यो सन्देश जनजनमा पुर्‍याइदिनुहोस् र देशको परिवर्तनको नेतृत्व गर्ने अवसर दिनुहोस्।”

उनले हिजोको कांग्रेस अब नरहेको उल्लेख गर्दै, बदलिएको कांग्रेस युवाहरूको ‘भ्यालुज’सँग मेल खाने पार्टी भएको बताए। नयाँ पुस्तालाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वतन्त्रता (पर्सनल फ्रिडम) मा कांग्रेसको प्रतिबद्धता दोहोर्‍याए। “आजको नेपाली कांग्रेस युवालाई विश्वास गरेर, साथ लिएर सँगसँगै हिँडाउन चाहन्छ,” उनले भने, “एकछिन सुन्नुभयो भने तपाईं रुख चिह्नमा मत हाल्न तयार हुनुहुनेछ, अरूलाई पनि त्यसतर्फ प्रेरित गर्नुहुनेछ।”

तत्काल परिवर्तन चाहने युवाहरूको आवाज सुनेर नै आफूले जोखिम उठाएर नेतृत्व परिवर्तनको बाटो रोजेको थापाको भनाइ छ। विशेष महाधिवेशनमार्फत पार्टी रूपान्तरण गर्नु सामान्य देखिए पनि त्यसमा ठूलो जोखिम रहेको उनले दाबी गरे।

नयाँ कांग्रेसको अर्थ स्पष्ट पार्दै उनले भने, “हिजोका सबै नेता खराब थिए भन्ने होइन। नयाँ भन्नुको अर्थ पुरानोसँग सम्बन्धविच्छेद गर्नु होइन।” डेमोक्रेसी, सामाजिक न्याय र विविधतालाई कांग्रेसको आत्मा र जरा भन्दै उनले नयाँ कांग्रेसले ती मूल्यमान्यतालाई अझ व्यापक र नयाँ ढंगले प्रस्तुत गर्ने बताए।

उनका अनुसार, बदलिएको कांग्रेस आफ्ना ‘कोर भ्यालुज’लाई समयअनुकूल शैलीमा अघि सार्दै देश परिवर्तनको नेतृत्व लिन तयार छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ४६ बजे

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको