२१ माघ २०८२, बुधबार | February 4, 2026

घनघोर वर्षापछि बाढीले बढारेको अस्तव्यस्त बुटवल (फोटोफिचर)



बुटवल । तिनाउ नदी बुटवल र रुपन्देहीको लाइफलाइन हो । तिनाउ बेसिनले सिंगो रुपन्देहीलाई नै जीवन्त राख्न मद्दत पुर्याएको छ । तर, तिनाउ नदी कहिलेकाहीँ बुटवल र आसपासको क्षेत्रका लागि ठूलो दुःख पनि हो ।

नभै नहुने, तर भयो वैगुनी । तिनाउ नदीले यस्तै व्यवहार दर्शाएको छ, हिजोआज बुटवल र आसपासको क्षेत्रमा । अविरल वर्षापछि तिनाउ उलिँदा बुटवल अस्तव्यस्त बन्न पुगेको छ । गएराति ५ घण्टा बढी आएको वर्षाले बुटवलको सामान्य जनजीवनलाई आतंकित नै बनाएको छ ।

माथिल्लो जलाधार क्षेत्रमा घनघोर वर्षा हुँदा तल्लो तिनाउ आसपासको तटीय क्षेत्र प्रभावित भएको छ ।
यसबाहेक रातभरको वर्षाले रुपन्देहीका विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ४ लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको बगाएको छ ।

केहि दिनदेखी लगातार परेको बर्षाका कारण तिनाउ नदीमा आएको बाढीले नदि कटान गर्दा ३ दिनमा बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा ४ ओटा घर बगाएको छ ।

बाढीले स्थानीय पुरुषोतम पुरी, प्रेम कुमारी खाम्चा, उमेश हरीजन र मंगली नेपालीको घर बगाएको हो ।

फोटोफिचर

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १२ : ३२ बजे

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र

आज विश्व क्यान्सर दिवस

काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै