३ श्रावण २०८३, आइतबार | July 19, 2026

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन



काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका थापाको आज बिहान उपचारकै क्रममा निधन भएको हो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण ६० वर्षको थापाको निधन भएको हो ।

नेपाली चलचित्रमा विशेषगरी खलनायक भूमिकामा सशक्त अभिनयमार्फत चिनिनु भएका थापा ‘राते काइँला’ नामले अत्यन्त लोकप्रिय थिए । उनको अभिनयले नेपाली चलचित्रमा खलनायक पात्रलाई नयाँ उचाइ दिएको मानिन्छ ।

लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थापा पछिल्लो समय काठमाडौंको शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।

उनको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी, प्रभावशाली र समर्पित कलाकार गुमाएको भन्दै कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले गहिरो शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ९ : ३१ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग