२२ भदौ २०८३, सोमबार | September 7, 2026

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले पराजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी रहँदै पूरा गर्‍यो ।

पाकिस्तानको जितमा शाहिबजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए । उनले ३१ बल खेल्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, फहिम अशरफले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २९ रन जोडे । साइम ऐयुबले १३ बलमा २४ रन बनाए ।

बलिङतर्फ नेदरल्याण्ड्सका आर्यन दत्त र पउल भान मिकेरेनले समान दुई विकेट लिए । लोगन भान बिक, काइल क्लेइन र रोलोफ भान डेर मेर्वेले समान एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले इनिङ्सको अन्तिम बल बाँकी छँदै सबै विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाए । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । बस डे लिडले २५ बलमा ३० रन जोडे भने ओपनर माइकल लेभिटले १५ बलमा २४ रन बनाए ।

पाकिस्तानका लागि सलमान मिर्जाले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । मोहम्मद नवाज, अब्रार अहमद र साइम ऐयुबले समान दुई-दुई विकेट लिए भने शहीन शाह अफ्रिदीले एक विकेट हात पारे ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ५ : ०७ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार