१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति



बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले क्षेत्र नं २ मा कृण्णबहादुर थापाको संयोजकत्वमा ३ सय १ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ । शनिवार बुटवलमा सम्पन्न भेलाले समितिको सह-संयोजकहरुमा प्रकाश परियार, सिर्जन थापा, धनसिंह खाम्चा र गोबिन्द खरेललाई चयन गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका १३ वडा, कतिलोत्तमाका ६ वडा र सैनामैनाका ४ वडामा नेतृत्वमा रहेका युवाहरुलाई परिचालन समितिमा राखिएको नेकपाले जनाएको छ ।

निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन बिथोल्ने गतिविधि र आम मतदातालाई अनेक प्रलोभन देखाएर प्रभावित पार्ने अवस्थालाई न्यून गर्न युवाहरुले भूमिका खेल्ने संयोजक कृण्ण थापाले बताए ।

उनका अनुसार युवा परिचालन समितिले आफ्ना उम्मेदवारलाई विजयी बनाउन मतदाता शिक्षा र चुनाव चिन्हका बारेमा समेत जनतालाई जागरुक बनाउन भूमिका खेल्ने छ ।

युवा परिचालन समिति भेलामा बोल्दै नेकपा रुपन्देही क्षेत्र नं २ का नेकपाका उम्मेदवार तथा युवा नेता सुवास पाण्डे ‘विश्वदीप’ले चुनाव जितेपछि नीतिगत कामका लागि संसदमा आवाज उठाउदै युवाहरुलाई स्वरोजगार बनाउन आफूले महत्वपूर्ण पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे ।

उम्मेदवार पाण्डेले रुपन्देहीको विकासका साथै समग्र लुम्बिनी प्रदेशको विकासमा आफूले नेतृत्व गर्न चाहेको उल्लेख गर्दै पार्टीका शिर्षथ नेताहरुसंगको सहकार्यबाट प्राप्त अनुभवलाई जनताको हितमा प्रयोग गरिने बताए ।

युवाहरुले उठाएका विभिन्न जिज्ञासाहरुको जवाफ दिदै उनले आफू विजयी पछि जेनजी आन्दोलनको मर्म र भावना अनुसार कुनै राजनीतिक पूर्वाग्रहबिना जनताको सेवामा हरदम खटिने प्रतिवद्धता व्यक्त गरे ।

युवा नेता पाण्डेले आफू सधै जनताको सुख र दुःखको साथी बन्न चाहेको उल्लेख गर्दै आगामी दिनमा जस्तोसुकै कठिन अवस्थामा पनि जनताको साथमा रहने जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समितिका संयोजक नारायण जी.सी. ‘निर्मल’ले आफ्नो पार्टीको उम्मेदवार विचारमा प्रतिवद्ध, भ्रष्टचारमा कुनै दाग नलागेको निष्कलंक रहेको र विकासको स्पष्ट खाका लिएर चुनावमा होमिएकाले तारा चिन्हमा मतदान गरेर विजयी बनाउन आम मतदातालाई आग्रह गरे ।

नयाँ भनिने दलहरुले जेन्जी आन्दोलनले उठाएका मागहरु जायज छन भन्न नसकेको उल्लेख गर्दै उनले जेनजी आन्दोलनको हुर्मत लिनेहरुलाई बेलैमा चिनेर जनताले मतदानबाट जवाफ दिनुपर्ने बताए ।

युवा परिचालन समितिका संयोजक कृण्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपाका नेता एवं निर्देशक समितिका संयोजक राम परियार, प्रकाश परियार लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ५ : २७ बजे

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको