२२ भदौ २०८३, सोमबार | September 7, 2026

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित



काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको छ । भारतको कोलकातास्थित इडेन गार्डेन्समा भएको खेलमा वेस्ट इण्डिजले प्रस्तुत गरेको लक्ष्य पछ्याउन नसक्दा स्कटल्याण्ड पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । वेस्ट इण्डिजका शिमरन हेटमायरले ३६ बलमा ६४ रनको विस्फोटक पारी खेले । उनले दुई चौका र छ छक्का प्रहार गर्दै टोलीको इनिङ्स मजबुत बनाए ।

त्यसैगरी, ब्रान्डन किङले ३० बलमा ३५ रन जोडे । शेरफेन रुथफोर्डले १३ बलमा २६ रन बनाउँदा कप्तान रोभमन पावेलले १४ बलमा २४ रनको योगदान दिए ।

बलिङतर्फ स्कटल्याण्डका ब्राड कुरीले दुई विकेट लिए भने माइकल लिस्क, ओलिभर डेभिडसन र सफयान शरिफले समान एक-एक विकेट लिए ।

१८३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्ड १९ औँ ओभरमा नै १ सय ४७ रनमा अलआउट भयो । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रनको सर्वाधिक पारी खेले पनि टोलीलाई जिततर्फ डो¥याउन सकेनन् । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, टम ब्रुसले २८ बलमा ३५ रन बनाए भने जर्ज मुन्सेले १९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानहरू वेस्ट इण्डिजको बलिङ आक्रमणसामु टिक्न सकेनन् ।

बलिङतर्फ वेस्ट इण्डिजका रोमारियो शेफर्डले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ५ विकेट लिए । जेसन होल्डरले तीन विकेट झार्दा गुडकेश मोती र शमार जोसेफले समान एक-एक विकेट लिए ।

शेफर्डको घातक बलिङ र हेटमायरको आक्रामक ब्याटिङको बलमा वेस्ट इण्डिजले प्रतियोगितामा महत्वपूर्ण जित हात पार्न सफल भयो ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ७ : ३८ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा