२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

टी-२० विश्वकपमा नेपालको आज ऐतिहासिक सुरुवात, पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो भिडन्त



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले आज पूर्वविजेता तथा विश्व क्रिकेटको बलियो टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

मुम्बईस्थित वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो ३ः१५ बजे नेपाल र इंग्ल्यान्डबीचको खेल सुरु हुनेछ । नेपालले समूह चरणका आफ्ना चारवटै खेल वानखेडे स्टेडियममै खेल्नेछ । समग्रमा नेपालले तेस्रो पटक र लगातार दोस्रो पटक टी-२० विश्वकपमा सहभागिता जनाएको हो ।

विश्वकपअघि नेपालले युएई र क्यानडासँग खेलेका दुवै आधिकारिक वार्म-अप खेलमा जित निकाल्दै राम्रो लय बनाएको थियो । प्रतियोगिताका आयोजक राष्ट्र श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ विश्वकपमा उत्रिएको छ ।

विश्वकपको उद्घाटन दिन शनिबार तीन खेल सम्पन्न भएका छन् । श्रीलंकाको कोलोम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गर्‍यो । भारतको कोलकातास्थित इडेन गार्डेन्समा भएको खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हरायो । यस्तै, मुम्बईको वानखेडे स्टेडियममा भएको अर्को खेलमा साविक विजेता भारतले अमेरिकालाई २९ रनले पराजित गरेको छ ।

विश्वकपअन्तर्गत आइतबार पनि तीन खेल हुँदैछन् । दिनको पहिलो खेलमा चेन्नईमा समूह ‘डी’ का अफगानिस्तान र न्युजिल्यान्ड आमनेसामने हुनेछन् । उता श्रीलंकाको कोलोम्बोमा घरेलु टोली श्रीलंका र आयरल्यान्डबीच प्रतिस्पर्धा हुने तालिका छ ।

नेपालका लागि आजको खेल विश्व विजेता टोलीविरुद्ध आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ८ : ०६ बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको

संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज

लुम्बिनी सरकार : एमालेका मन्त्रीले दिए राजीनामा, सरकारको नेतृत्व परिवर्तन बजेट पछि

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

पोखरा । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस