१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात



काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै प्रतियोगिताको पहिलो खेलमै महत्वपूर्ण जित निकालेको हो ।

वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३२ रनमै सीमित भयो ।

अमेरिकाका लागि सुभम् रजाने र सञ्जय कृष्णमुर्तिले समान ३७-३७ रनको योगदान दिए । यस्तै, मिलिन्द कुमारले ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराजले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । अर्शदीप सिंह र अक्षर पटेलले समान दुई-दुई विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । भारतीय कप्तान सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे । ४९ बलको सामना गरेका यादवले १० चौका र चार छक्काको मद्दतमा सर्वाधिक ८४ रन बनाए ।

इशान पाण्डेले २० रन, तिलक बर्माले २५ रन तथा अक्षर पटेलले १४ रन जोडे । अभिषेक शर्मा भने खाता नखोली आउट भए । अन्य ब्याटरहरूले उल्लेखनीय योगदान दिन सकेनन् ।

अमेरिकाका बलरमध्ये शाडली भ्यान शाल्कविक उत्कृष्ट देखिए । उनले चार ओभरमा २५ रन खर्चिएर चार विकेट लिए । हर्मित सिंहले दुई विकेट लिँदा अलि खान र मोहम्मद मसिनले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ८ : ४४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो