२५ माघ २०८२, आइतबार | February 8, 2026

दीपेन्द्रको अर्को प्रहार, साम करन आउट हुँदै नेपालले इंग्ल्यान्डको पाँचौँ विकेट लियो



काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भइरहेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ ।

खेलको १५ औँ ओभरको तेस्रो बलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इंग्ल्यान्डका साम करनलाई बोल्ड गर्दै टोलीलाई पाँचौँ सफलता दिलाएका हुन् । साम करनले आउट हुनुअघि ८ बल खेल्दै मात्र २ रन जोड्न सके ।

यो विकेटसँगै नेपालले इंग्ल्यान्डको मध्यक्रममाथि थप दबाब सिर्जना गरेको छ ।

यस खेलमा नेपालको प्लेइङ-११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

इंग्ल्यान्डको प्लेइङ-११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करन, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वुड रहेका छन् ।

नेपाल आईसीसी टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड सहभागी छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ४० बजे

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित