११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती



काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी अनुसन्धान प्रक्रिया र पत्रकारिता पेसासमेत प्रभावित भएको भनी चिन्ता व्यक्त गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी एवं सञ्चारकर्मीहरूले यसतर्फ चिन्ता व्यक्त गर्दै सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

विद्युतीय अपराध न्यूनीकरण तथा सचेतना कार्यक्रममा सक्रिया अधिकारी तथा विज्ञहरूले आधुनिक सूचना प्रविधिको दुरपयोग गरी श्रव्यदृष्य सामगीसमेत तयार गरी सामाजिक सञ्जालमार्फत झुठा, काल्पनिक र असान्दर्भिक सूचना र समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्नेहरूका विरुद्ध सहकार्य हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय अपराधसम्बन्धी अनुसन्धनान कार्य जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा छुट्टै युनिट गठन गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको उल्लेख गर्दै विद्युतीय अपराध न्यूनीकरण तथा रोकथामका पक्षमा सहयोग गर्न सञ्चारकर्मीसँग अनुरोध गरे ।

नेपाल पत्रकार महासङ्घ अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा वितृष्णा फैलाउने तत्वका कारण सञ्चारकर्मी र अनुसन्धानमा संलग्न सुरक्षाकर्मी समेत अप्ठ्यारोमा परिरहेको विद्यमान अवस्थामा सहयोग र सहकार्यको विकल्प नरहेको धारणा व्यक्त गरिन् ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले कार्यपत्र प्रस्तुत गर्दै गलत समाचारका कारण स्वयं मूलधारका आमसञ्चारकर्मीसमेत प्रभावित भएको दृष्टान्त पेस गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पछिल्ला दिनमा विद्युतीय अपराधसम्क्न्धी घटना बढेसँगै अनुसन्धान प्रक्रिया थप जटिल बनेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ९ : ०१ बजे

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने