६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै



गाईघाट । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका आठ पालिकामा कक्षा ६ मा अध्ययनरत ११ देखि १४ वर्ष उमेरका चार हजार ४३८ बालिकालाई एचपिभी खोप दिन सुरुआत गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारदेखि जिल्लाका ती पालिकामा नै खोप सञ्चालन गरिएको र यही फागुन २९ गते खोप कार्यक्रम सम्पन्न गरिने छ । यसभन्दा अघिल्ला वर्षहरूमा यहाँका १८ हजार बालिकामा एचपिपी खोप दिने कार्य सम्पन्न भइसकेको र यसपटक यसपटक नियमित र विगतका वर्षहरूमा छुटेका गरी चार हजार ४३८ बालिकालाई खोप लगाउने लक्ष्य राखिएको खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए ।

यसका लागि जिल्लामा प्रत्येक सरकारी तथा निजी विद्यालयमा ३९४ खोप केन्द्र स्थापना गरेर ३६४ स्वास्थ्यकर्मी र ३९४ स्वयंसेवक परिचालन गरिएको छ । भविष्यमा हुने पाठेघर र स्तन क्यान्सरबाट बच्न बालिकाहरूलाई खोपले सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ११ : ०४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको