१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै



गाईघाट । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका आठ पालिकामा कक्षा ६ मा अध्ययनरत ११ देखि १४ वर्ष उमेरका चार हजार ४३८ बालिकालाई एचपिभी खोप दिन सुरुआत गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारदेखि जिल्लाका ती पालिकामा नै खोप सञ्चालन गरिएको र यही फागुन २९ गते खोप कार्यक्रम सम्पन्न गरिने छ । यसभन्दा अघिल्ला वर्षहरूमा यहाँका १८ हजार बालिकामा एचपिपी खोप दिने कार्य सम्पन्न भइसकेको र यसपटक यसपटक नियमित र विगतका वर्षहरूमा छुटेका गरी चार हजार ४३८ बालिकालाई खोप लगाउने लक्ष्य राखिएको खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए ।

यसका लागि जिल्लामा प्रत्येक सरकारी तथा निजी विद्यालयमा ३९४ खोप केन्द्र स्थापना गरेर ३६४ स्वास्थ्यकर्मी र ३९४ स्वयंसेवक परिचालन गरिएको छ । भविष्यमा हुने पाठेघर र स्तन क्यान्सरबाट बच्न बालिकाहरूलाई खोपले सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ११ : ०४ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला