६ श्रावण २०८३, बुधबार | July 22, 2026

जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री



देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार हिराबहादुर खत्रीले मतदाताको चाहना र आवश्यकतालाई बुझ्दै घरदैलो कार्यक्रम गरेका छन ।

रुपन्देही क्षेत्र नम्बर एक अन्तरगतका देवदह र तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्ने विभिन्न वडाहरुमा घरदैलो गर्दै उम्मेद्वार खत्रीले मतदाताको चाहना बुझेर सोही अनुसार आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन ।

घरदैलो कार्यक्रम अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न टोलहरुसँगै वडानम्बर १७ मा शुक्रबार घरदैलो गर्दै खत्रीले नागरिकका आवश्यकता र नवयुवाको चाहनालाई पुरा गर्ने गरि आफुले उम्मेद्वारी दिएको बताए ।

क्षेत्र नम्बर एक कृषिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रमा कृषि सम्भावनाको खोजी, कृषिबाट आत्मनिर्भर हुने उपायलगायतका धेरै आधारहरु भएकाले सोही अनुसार आफुले काम गर्ने बताए ।

उनले घरदैलोमा नागरिकलाई भेटेर कृषिको सम्भावना, कृषिक्रान्ति, योजना र भावी रणनीतिका विषयमा मतदातासँग सुझाव संकलन गरेका थिए । उनले कृषिमा आत्मनिर्भर किसानलाई प्रोत्साहन गर्नका लागि रणनीतिक योजना समेत तयार पार्दै आएको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : ०३ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज