१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला



नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र नम्बर २ मा पार्टीका नेता, कार्यकर्ता र जनतामा निर्वाचनप्रति एकदमै उत्साह जागेको बताएका छन् ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा शुक्रबार प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्रिभुवन चोक नेपालगन्जको मुटु भएकाले यहाँका जनता र पार्टीका नेता, कार्यकर्तामा निर्वाचनप्रति उत्साह जाग्नुपर्ने स्पष्ट पारे । ‘जबसम्म यो वडा तात्दैन, तबसम्म हामीले आफुलाई बलियो महसुस गर्नु हुदैन, यहाँका नेता, पार्टीका साथीहरु, यहाँका जनतामा उत्साह जाग्नुपर्छ,’ उनले भने ।

मतदाता भेटघाटका क्रममा आफु जहाँ पुग्यो, त्यहाँ उत्साह देखिएको उम्मेदवार कोइरालाले बताए । ‘हामी जहाँ गइरहेका छौं, जनतामा उत्साह देखिन्छ, पार्टीका नेता र कार्यकर्ताहरुमा उत्साह छ, हामी जितको नजिक पुगिसकेका छौं,’ उनले अगाडी भने । बाँकेको क्षेत्र नम्बर २ मा विगत १० वर्षदेखी नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गर्न नपाएको भन्दै यसपटक जसरी पनि नेपाली कांग्रेसलाई जिताएर पठाउन मतदातालाई उनले अपिल गरे ।

आफु नेपालगन्जमै जन्मेर त्रिभुवन चोकमा हुर्केको स्मरण गर्दै कोइरालाले भने, ‘म नेपालगन्जमै जन्मिए, त्रिभुवन चोकमा हुर्किए, अब यही त्रिभुवन चोकले मलाई विजयी गराएर संसदमा पठाउने विश्वास लिएको छु ।’ आफु निर्वाचनका लागि ठाउँ–ठाउँमा पुग्दा नेपाली कांग्रेसका हरेक वडाका नेता, कार्यकर्ताले उत्साह जगाइरहेको बताए । ‘मलाई अहिलेसम्म हरेक नेता, कार्यकर्ताले उत्साह जगाउनु भएको छ, मलाई साथ दिनु भएको छ,’ उनले भने, ‘मैले आदरणीय नेताहरुबाट माया पाएको छु, उत्साह पाएको छु ।’

उमेर, राजनीति र अनुभवका हिसाबले आफु कान्छो भएको र अहिलेसम्म चुनाव लडेको अनुभव नभएकाले आफुलाई जिताउने हात क्षेत्र नम्बर २ का आम मतदाता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमै रहेको उम्मेदवार कोइरालाले बताए ।

यस्तै नेपाली कांग्रेसका युवा नेता एवम् २०७९ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणाले देशलाई बचाउन र जनताको हक अधिकार स्थापित गर्नका लागि नेपाली कांग्रेसले जित्नैपर्ने बताए । नेपाली कांग्रेसले योग्य र सक्षम उम्मेदवारका रुपमा शुधान्सु कोइरालालाई उठाएकाले सबैले यसपटक दृढताका साथ संकल्प गरेर निर्वाचित गराउन अपिल गरे ।

यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले राजनीतिमार्फत जनताको सेवा गर्नका लागि शुधान्सु कोइराला अहिले प्रतिनिधि सभा सदस्य पदको सशक्त युवा उम्मेदवार रहेको दाबी गरे । क्षेत्र नम्बर २ को समग्र विकासका लागि नेपाली कांग्रेसलाई यसपटक निर्वाचित गराउन उनले आग्रह गरे ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडासभापति ऋचा दुवेद्धीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस नेता शिवलाल पाण्डे लगायतले युवा उम्मेदवार कोइरालालाई विजयीको अग्रिम शुभकामना दिएका थिए । कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : १३ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary