३ बैशाख २०८३, बिहिबार | April 16, 2026

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई



कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले जितेका छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट सुरु भएको ४२।१९५ किलोमिटरको म्याराथनमा धावक वाहोमेले निर्धारित दूरी २ घण्टा २३ मिनेट ३९ सेकेन्डमा पार गर्दै च्याम्पियन बने । उपाधि विजेता जुलियसले रु चार लाखसहित मेडल पुरस्कार पाए ।

यसैगरी, प्रतियोगितामा गजेन्द्र राईले २ घण्टा २४ मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै द्वितीय बने । उनले रु दुई लाख र मेडल पुरस्कार पाएका छन् । धादिङका हरिकुमार रिमालले २ घण्टा २७ मिनेट १८ सेकेन्डमा दूरी पार गरी तृतीय बने र नगद रु एक लाखसहित मेडल प्राप्त गरे ।

म्याराथनको नेपाल विधामा गजेन्द्र राई प्रथम भए । उनले नगद रु एक लाख र मेडल प्राप्त गरे । सो स्पर्धामा हरिकुमार रिमालले दोस्रो हुँदै रु ५० हजार र करण रावलले तेस्रो स्थान प्राप्त गर्दै रु २५ हजारसहित मेडल जिते । प्रतियोगिताअन्तर्गत गण्डकी ‘क्याटगोरी’मा पर्वतका सुवास गुरुङ प्रथम, गोरखाका निरोज भट्ट दोस्रो र स्याङ्जाका धनु मानन्धर तेस्रो भए । सो स्पर्धामा प्रथम हुने गुरुङले रु ५० हजार, दोस्रो हुनेले रु ३० हजार र तेस्रो हुने रु २० हजार पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत ४५ वर्षमाथिको भेट्रान म्याराथनमा रैवतबहादुर दाहाल प्रथम, सुशीलकुमार श्रेष्ठ दोस्रो र चेतनाथ चालिसे तेस्रो भए । यस स्पर्धामा प्रथम हुने दाहालले रु २५ हजार, दोस्रो हुने श्रेष्ठले रु १५ हजार र तेस्रो हुने चालिसेले रु १० हजारसहित मेडल प्राप्त गरे ।

यसैगरी, २१ किलोमिटरको ‘हाफ म्याराथन’ प्रतियोगिताको पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम, नगेन्द्रसिंह राउत दोस्रो र गौतम श्रेष्ठ तृतीय भए । हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तृतीय भए । हाफ म्याराथनको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले रु ७५ हजार, दोस्रो हुनेले रु ५० हजार तेस्रो हुनेले रु ३० हजार प्राप्त गरे ।

यसैगरी, २१ किलोमिटर हाफ म्याराथनकै ४५ वर्षमाथिको भेट्रान पुरुष दौडमा धर्म महर्जन प्रथम, तेजबहादुर गुरुङ दोस्रो र कमल गुरुङ तेस्रो भए । यस स्पर्धामा प्रथम हुने महर्जनले २० हजार, दोस्रो हुने गुरुङले १५ हजार र तेस्रो हुने कमल गुरुङले १० हजार नगदसहित मेडल प्राप्त गरे ।

यसैगरी, १० किलोमिटर दौड पुरुषमा नागेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो भइन् । यस स्पर्धाको महिलातर्फ दीपा परियार प्रथम, सुमित्राकुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तृतीय भइन् । यस स्पर्धाको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजारसहित मेडल प्राप्त गरे । प्रतियोगिताका विजेतालाई आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाट, पूर्वअध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे ।

म्याराथनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । मञ्चका सचिव महेश पौडेलले प्रतियोगितात्मक रुपमा तीन हजार ६०१ र ‘रन फर फन’मा ६ हजार ५०० गरेर कुल १० हजार जना दौडिएका जानकारी दिए । वर्षको एक दिन यस प्रतियोगितालाई सहरकै उत्सवका रुपमा मनाउने योजनाअनुसार विश्व परिवेशमा चर्चित सहरको नाममा योजना गरिने सिटी म्याराथनको अवधारणाअनुसार म्याराथन आयोजना हुँदै अएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १० : ३४ बजे

इन्धनको मूल्यवृद्धिसँगै भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

खजुरा गोल्डकप : एपिएफलाई तिन गोल गर्दै नाइजेरियन जोन क्लब सेमिफाइनलमा

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

रुपन्देहीबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा नक्कली नेपाली नोटको अबैध

कांग्रेस बैठक : कार्की जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, अर्को न्यायिक आयोगको माग

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति चाहिने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक