४ श्रावण २०८३, सोमबार | July 21, 2026

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह



काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन आग्रह गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान सुरु गरेको छ ।

“आधारहिन हल्ला र भ्रममा नलागौँ । अरुका कुरा सुनेर आफ्ना बालिकाको स्वास्थ्यसँग खेलवाड नगरौँ । आफ्नो स्वास्थ्यको संरक्षणका लागि खोप लगाऔँ”, अध्यक्ष प्रा डा अधिकारीले भने, “एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभाग, नेपालबाट स्वीकृत सुरक्षित खोप हो ।”

अभियानअन्तर्गत गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ । अध्यक्ष डा अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गरे ।

“विफरले बर्सेनि धेरै व्यक्तिको ज्यान लिएको थियो । पोलियोले धेरै बालबालिकालाई जीवनभरका लागि अपाङ्गता बनाएको थियो । लहरे खोकी, डिफ्टेरिया, टिटानस जस्ता रोगले हाम्रो बाल मृत्युदर उच्च बनाएको थियो । आज ती रोगहरू नदेखिनु संयोग होइन । यो खोपको सफलता हो,” उनले भने, “खोप भनेको रोग लागेपछि उपचार होइन, रोग लाग्नै नदिनु हो ।”

वर्षौँ देखिको प्रयासपछि नेपालले एचपिभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट हाम्रा छोरी–नातिनीहरूको भविष्य सुरक्षित गर्ने बताए । अभियानअन्तर्गत सरकारले तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ५३ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा