२१ भदौ २०८३, आइतबार | September 7, 2026

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा



काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गर्दै एक खेल बाँकी रहँदै सुपर-८ मा स्थान सुरक्षित गरेको छ । आर प्रेमदासा क्रिकेट रंगशाला मा आइतबार सम्पन्न खेलमा १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १७ ओभर ५ बलमा ११४ रनमै अलआउट भयो ।

लगातार तेस्रो जित निकालेसँगै भारतले तीन खेलबाट ६ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सुपर-८ मा स्थान बनाएको हो । पाकिस्तानको भने पहिलो हारसँगै सुपर-८ पुग्ने सम्भावना कठिन बनेको छ ।

पाकिस्तानलाई सस्तैमा समेट्न भारतका जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान दुई-दुई विकेट लिए । हार्दिक पाण्ड्या, कुलदीप यादव र तिलक वर्माले समान एक-एक विकेट लिएर बलिङमा उत्कृष्ट प्रदर्शन गरे ।

पाकिस्तानका लागि पाँचौँ नम्बरमा ब्याटिङ गरेका उस्मान खानले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अविजित रहेका शाहिन शाह अफ्रिदीले २३ रन बनाए भने शादाब खानले १४ र फहीम अशरफले १० रन जोडे ।

शीर्षक्रमका ब्याट्सम्यानले भने निराशाजनक प्रदर्शन गरे । ओपनर सैम अयूब ६ रनमा आउट हुँदा बाबर आजम ५ रनमै पभेलियन फर्किए । कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान ४-४ रन मात्र जोड्न सके । अर्का ओपनर साहिबजादा फरहान खाता खोल्न नपाउँदै आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो । भारतका ओपनर इशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै ४० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।

कप्तान सूर्यकुमार यादवले ३२ रन बनाए भने शिवम दुबेले २७ रन जोडे । तिलक वर्माले २५ र रिंकु सिंहले ११ रनको योगदान दिए । अभिषेक शर्मा शून्यमा आउट हुँदा हार्दिक पाण्ड्या ‘गोल्डेन डक’ भएका थिए ।

पाकिस्तानका लागि सैम अयूबले ४ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिए । कप्तान सलमान अली आघा, शाहिन शाह अफ्रिदी र उस्मान तारिकले समान एक-एक विकेट लिए ।

यस जितसँगै भारतले यसअघि अमेरिकालाई २९ रन र नामिबियालाई ९३ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । पाकिस्तानले भने अब सुपर-८ पुग्न अन्तिम खेलमा नामिबियालाई पराजित गर्नैपर्ने दबाब सामना गर्नेछ । यदि पाकिस्तान पराजित भएमा रनरेटका आधारमा सुपर-८ पुग्ने सम्भावना समाप्त हुने छ भने त्यसको प्रत्यक्ष फाइदा अमेरिकालाई पुग्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ३४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त